तेस्रो जितसँगै तेस्रो स्थानमा उक्लियो लुम्बिनी प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो जित हासिल गरेको छ । लुम्बिनी प्रदेशले आइतबार खेलिएको खेलमा बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।
दाङको लमही क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ३२.४ ओभरमै अलआउट हुनुअघि एक सय १५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २२.५ ओभरमै अलआउट हुनुअघि ६७ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको लुम्बिनी प्रदेशको यो तेस्रो जित हो । लुम्बिनी प्रदेश एक खेलमा भने पराजित भएको थियो । जितसँगै ६ अंकसहित लुम्बिनी प्रदेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको बागमती प्रदेशको भने यो तेस्रो हार हो । बागमती प्रदेशले हालसम्म एक खेलमात्र जित्न सकेको छ । आइतबारको खेलमा सामान्य विजय लक्ष्य पछ्याए पनि बागमती प्रदेश जितसम्म पुग्न सकेन ।
बागमती प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तान पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । ओपनर आशुतोष घिरैया ११ रन बनाउँदै पेभेलियन फर्किए । सुमन सुनारले ११ रन बटुले ।
बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर विप्रसन केसी र अजय चौहानले तीन–तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई–दुई विकेट हात पारे ।
त्यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाशले ५३ बलको सामना गरी एक छक्का पनि हिर्काएका थिए ।
लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर मनिष थापा १५ रनमै आउट भए । कप्तान देव खनाल पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १९ रन बनाएको थियो । बागमती प्रदेशका बलर गौतम केसी एक्लैले चार विकेट लिए । उनले ५.४ ओभरमा २१ रन खर्चिए । सूर्य तामाङ र इशान पाण्डेले पनि दुई–दुई विकेट हात पारे । रिजन ढकाल र सोनु देवकोटाले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण