आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मनोगत आरोप लगाउनेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यो अनुसारका धारणा भएनन् कि मेरो बुझाइ छ,’ उपप्रधानमन्त्री पौडेलले भने ।
३१ राजश्व वृद्धिको लक्ष्य लिएर बजेट प्रस्तुत गर्दा पनि न्यूनतम आवश्यकता परिपूर्ति गर्न गाह्रो भइरहेको बताए । ११ हजार योजनाको कार्यान्वयन सुनिश्चितता हुने अवस्था नरहेको उनले संसद्मा जानकारी दिए । विधेयक बजेट अनुशासनमा फर्किनका लागि ल्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण