नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु, १ सयभन्दा घाइते
आइतबार, ०३ चैत २०८१, १५ : ५९

म्यासेडोनिया । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो। यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो।
उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म