पाकिस्तान : बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको नोश्की जिल्लामा बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
संघीय गृहमन्त्री मोहसिन नक्वी र बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको निन्दा गरेका छन्। यद्यपि, उनले यस घटनामा कति जना मारिए र को को मारिए भन्ने बारेमा केही बताएनन्। नोश्की प्रहरी प्रमुख हाशिम मोहम्मदले पनि विस्फोटको पुष्टि गरे तर थप विवरण भने दिएनन्।
नोश्कीका एक वरिष्ठ सरकारी अधिकारीले विस्फोट नोश्की शहर नजिकै क्वेटा र तफ्तान बिचको आरसीडी राजमार्गमा भएको बताए। उनका अनुसार सुरक्षा बलको एउटा कारकेड क्वेटाबाट नोकुन्डी जाँदै थियो, जसमा सात बस र दुई कार थिए।
कारकेड आरसीडी राजमार्गमा रहेको पीठो मिल नजिक पुग्दा बस नजिकै विस्फोट भएको थियो । नोश्कीका स्थानीयले विस्फोट शक्तिशाली भएको र यसको आवाज टाढा-टाढासम्म सुनिएको बताएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। गृहमन्त्री मोहसिन नकवीले भने, ‘देशका शत्रुहरूले पाकिस्तानमा अस्थिरता सिर्जना गर्न घृणित षड्यन्त्र रचिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण