बालसुधार गृहमा झडप प्रकरणः आयोगले सुरु गर्यो अनुगमन
आइतबार, ०३ चैत २०८१, १७ : ३४
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको डुडुवा गाउँपालिका – ६, स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपका विषयमा अनुगमन थालेको छ ।
उक्त बाल सुधार गृहमा बालबन्दीहरू बीच चैत १ गते रातिदेखि २ गते साँझसम्म झडप भएको थियो । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा छानबिन गर्न र अनुगमन टोली खटाइएको जनाएको छ ।
प्रारम्भिक अनुगमनबाट झडपको कारण सुधार गृहमा राखिएका ६ जना बालकहरू घाइते भएका, सुधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएको लगायतका तथ्य प्राप्त भएको आयोगको भनाइ छ ।
अनुगमनको क्रममा आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण