आफ्नो फोटो जलाउनेप्रति प्रचण्डको प्रतिक्रिया– लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन
आइतबार, ०३ चैत २०८१, १७ : ३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार मकवानपुरमा आफ्नो फोटो जलाउने राप्रपाका नेता नीराजन बमलाई पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
फोटो जलाएको आरोपमा प्रहरीले आइतबार बमलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । सोही विषयमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै पक्राउ गर्नु उचित नभएको प्रतिक्रिया दिएका हुन् ।
‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, उनले लेखेका छन् ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्ड र गणतन्त्रको विरोध गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण