सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
काठमाडौँ । कैलालीको धनगढीमा चैत ७ गते आयोजना हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड–२०८१’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार, वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका नीराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । फुटबलका धामी साफ यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी केपी ओली कपमा उदीयमान खेलाडी पनि बन्न सफल भएका थिए ।
कबड्डीका चुनारा बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी १७ वर्षको उमेरमै नेपालको सिनियर टोलीमा परेका थिए ।
क्रिकेटका साउँदले भने यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि जित दर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल प्रिमियर लिगको ‘डेब्यू’ खेलमा पनि उनले पाँच विकेट लिएका थिए ।
यसैगरी, वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेका छन् । कबड्डी भट्ट बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउने प्रशिक्षक हुन् ।

भलिबलका भट्ट भने काभा भलिबल नेसन्स लिगमा नेपाललाई उपविजेता बनाउने प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । कबड्डीकी थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कांस्य पदक जिताउने प्रशिक्षक हुन् ।
आयोजकले यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा कराँतेकी मनीषा बोहरा, कबड्डीकी मनीषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् ।
आयोजकका अनुसार, आठ विधामा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसैगरी, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २०–२० हजार रुपैयाँसहित ट्रफी पनि प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण