फर्चुनाद्वारा महिला कबड्डी च्याम्पियनसीपको प्रायोजन
काठमाडौं । फर्चुना हेल्थकेयरले २०औं राष्ट्रिय महिला महिला कबड्डी च्याम्पियनसीपको प्रायोजन गर्ने भएको छ ।
अखिल नेपाल कड्डी संघको आयोजनामा हुने प्रतियोगितामा फर्चुनाले आधिकारकि प्रयोजन गरेको हो । खेलकुदको प्रबर्धन, महिला खेलाडीलाई प्रोत्साहन र खेलकुदमा लैंगिक समानता बढाउन र कबड्डी खेलको विकासका लागि प्रतियोगिता प्रायोजन गरेको दावी फर्चुनाले गरेको छ । फर्चुनाका प्रबन्ध निर्देशक इश्वर जीसीले खेलकुदले समाजमा सकारात्मक परविर्तन ल्याउनसक्ने भन्दै महिला खेलाडीलाई सहयोग गर्नु भनेको उनीहलाई अवसर प्रदान गर्नुमात्र नभई आगामी पुस्ताका लागिसमेत प्रेरणादायी व्यक्तित्वहरु सिर्जना गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का मापदण्ड र जीएमपी मोड्युलअनुसार नेपालमै पहिलो चिकित्सा उपकरण निर्माण गर्ने कम्पनीका रूपमा रहेको प्रायोजक कम्पनीले कबड्डी संघसँगको सहकार्यमा अभियानलाई समर्थन गर्न पाउँदा गर्व महशुस गरेको बताएको छ । यस प्रकारका पहलकदमीले प्रतिभा पहिचान गर्ने र खेलाडीलाई आफ्नो क्षमता अभिवृद्धि गर्न उत्साहित गर्ने जीसीको भनाइ छ ।
चिकित्सा उपकरण उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी फर्चुनाले सिरिन्ज, कपास, ग्लोब्स, आईभी क्यानुलालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गर्ने गर्दछ । समाजमा सकारात्मक प्रभाव पार्ने खेलकुद र खेलाडीलाई समर्थन गर्न कम्पनीले आह्वानसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण