नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजमा नेविसंघको प्यानल नै निर्विरोध निर्वाचित
नवलपरासी । नवलपरासीको सूर्यभक्त–पतनादेवी मेमोरियल कलेजको स्ववियुमा नेविसंघको पुरै प्यानल निर्विरोध निर्वाचित भएको छ ।
नेविसंघको तर्फबाट एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको हो । स्ववियु अध्यक्षमा नेविसंघका श्यामकुमार बाचे निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै अन्य पदमा समेत नेविसंघकै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा रवि साखी, कोषाध्यक्षमा इस्काइरा सापकोटा, सदस्यहरूमा चन्द्रिका नेपाली, खगीसरा सारु र सुनिता गन्द्रमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले आज बिहान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीमा नेविसंघको तर्फबाट एकल उम्मेदवारी परेको हो ।
अन्य संगठनबाट उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । तर, निर्वाचन समितिले भने आधिकारिक घोषणा गरिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण