चीनले किन ल्यायो आय बढाउनेदेखि शिशु स्याहारमा सहुलियतसम्मका उपाय ?
बेइजिङ । चीनले घरेलु खर्च बढाउने ‘विशेष कार्य योजना’को घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएपछि यसको आर्थिक प्रभाव कम गर्न यो कदम चालिएको हो । आइतबार सरकारले ल्याएको यो कार्य योजनामा सर्वसाधारणको आय बढाउनेदेखि शिशु स्याहार सहुलियत प्रणाली स्थापित गर्नेसम्मका व्यापक योजना छन् ।
यसमा पुराना कार र विद्युतीय सामान लिएर नयाँ दिने योजना पनि छ । यही महिनाको सुरुमा प्रधानमन्त्री ली खछ्याङले प्रमुख राजनीतिक बैठकमा गरेको वाचाका आधारमा यो योजना तयार पारिएको हो । लीले यो वर्षका लागि ५ प्रतिशतको आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेका छन् । सुस्ताइरहेको अर्थतन्त्रलाई निर्यातमा भर नपरी घरेलु खपतले नै उकास्न सकिन्छ भन्ने सुनिश्चित गर्न सकियो भने मात्रै यो सम्भव हुनेछ ।
घरेलु स्तरमा कमजोर उपभोक्ता खर्च, घरजग्गा बजारमा लामो समयदेखि व्याप्त मन्दी आदि कारणले गर्दा चीनको अर्थतन्त्र सुस्ताइरहेको छ । ट्रम्पले चीनसँग व्यापार युद्धको घोषणा गरेपछि चिनियाँ आर्थिक गतिविधि झनै खुम्चिएको छ । गएको महिना ट्रम्पले चीनबाट आउने हरेक सामानमा २० प्रतिशत भन्सार महसुल लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण