वार्नरपछि अभिनयमा गांगुलीको डेब्यू
मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली अब अभिनयमा डेब्यू गर्दैछन्। उनी चाँडै नै नेटफ्लिक्सको वेब सिरिज 'खाकी: द बंगाल च्याप्टर' मा मुख्य भूमिकामा देखिनेछन्।
हालै एउटा प्रमोशनल भिडियो सार्वजनिक भएको छ जसमा उनी प्रहरी अधिकारीको भूमिकामा देखिएका छन्। स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सोमबार यो भिडियो जारी गरेको थियो।
५२ वर्षीय क्रिकेटरको यो भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ। सौरभको अभिनय डेब्यूलाई लिएर फ्यानहरू धेरै खुसी र उत्साहित छन्।
सौरभ गांगुलीको श्रृंखला 'खाकी: द बंगाल च्याप्टर' मार्च २० मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ। सौरभ गांगुलीको भिडियो सेयर गर्दै नेटफ्लिक्सले इन्स्टाग्राम पोस्टको क्याप्सनमा लेखेको छ, 'बंगाल टाइगरले बंगाल च्याप्टरलाई भेट्छ।'
हालै सामाजिक सञ्जालमा गांगुलीको बायोपिक पनि बन्ने चर्चा चलेको थियो । जसमा राजकुमार राव पूर्व भारतीय क्रिकेट कप्तान सौरभ गांगुलीको भूमिकामा देखिनेछन्। केही समय अघि, क्रिकेटर आफैंले घोषणा गरेका थिए कि राजकुमार रावले ठूलो पर्दामा उनको भूमिका निर्वाह गर्नेछन्।
भारतीय टोलीमा दादाको नामले प्रसिद्ध सौरभ गांगुलीले भारतका लागि ३११ एकदिवसीय र ११३ टेस्ट खेल खेलेका छन्। उनी बीसीसीआईका अध्यक्ष र अहिलेसम्मकै सबैभन्दा सफल कप्तान हुन्।
अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नर पनि भारतीय सिनेमामा देखिने भएका छन्। डेभिड वार्नरले तेलुगु फिल्म 'रोबिन हुड' बाट डेब्यू गर्न लागेको खुलासा गरेका छन्। वार्नरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टर सेयर गर्दै लेखेका छन् , ‘भारतीय सिनेमा, म आउँदैछु। सुटिङमा रमाइलो समय बिताएँ। रोबिन हुडको हिस्सा हुन पाउँदा धेरै खुसी छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण