उपत्यकाका १५ पानीपोखरी व्यवस्थापन र नयाँ वितरण सञ्जाल सञ्चालन
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्नका लागि पीआइडीबाट विच्छ्याइएका नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालनसमेत एससीएडीएमार्फत गर्ने व्यवस्था मिलाइएको योजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
सोही व्यवस्थाअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण कक्षबाट एससीएडीए प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र वितरण सञ्जालको संचालन गर्न थालिएको हो । साथै, एससीएडीए प्रणालीमार्फत मेलम्चीको पानीको आपूर्तीसम्बन्धी विवरणसहितको प्रत्यक्ष जानकारी केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाटसमेत लिनसकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
यसैगरी, एससीएडीए प्रणालीमार्फत उपत्यकाका १५ वटै पानीपाखरीमा पानीको धमिलोपना र क्लोरिन, कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था मिलाइएको छ । नमूनाका रुपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको खानेपानी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण