गाजामा युद्धविरामपछि इजरायलको सबैभन्दा ठुलो आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु
तेल अभिभ । मंगलबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३२६ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । युद्धविरामपछि यति धेरै मानिसहरूको मृत्यु हुने गरी गाजामा गरिएको यो सबैभन्दा ठुलो आक्रमण हो ।
यसैबीच, हमासले गाजामा इजरायलको नयाँ आक्रमण युद्ध विरामको उल्लङ्घन भएको र बन्धकहरूको जीवनलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ । यससँगै इजरायलले मानिसहरूलाई गाजा पट्टी खाली गर्न भनेको छ ।
मध्य गाजाको अल–अक्सा शहीद अस्पतालमा रहेको मन्त्रालयका प्रवक्ता खलील डेग्रानले मंगलबार बिहान मृतकको सङ्ख्या अपडेट गरेका थिए । जनवरीमा युद्धविराम लागू भएदेखि गाजामा यो सबैभन्दा गम्भीर आक्रमण भएको बताइएको छ । युद्धविराम बढाउने वार्तामा कुनै उल्लेखनीय प्रगति नभएकाले आक्रमणको आदेश दिएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले बताएका छन् । नेतान्याहूको कार्यालयले इजरायलले अब सैन्य शक्ति बढाएर हमास विरुद्ध कारबाही गर्ने भनेको छ ।
इजरायलले बुरेजी क्षेत्रमा रहेका शरणार्थी शिविरहरूमा आक्रमण गरेको थियो । विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको विद्यालयलाई पनि निशाना बनाइएको थियो । आक्रमणअघि इजरायलले गाजामा खाद्यान्न, औषधि, इन्धन आदिको आपूर्ति पनि बन्द गरेको थियो, जसका कारण गाजामा अनिकालको अवस्था सिर्जना भएको थियो । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको बारेमा वार्ता भइरहेकोसमयमा यो आक्रमण भएको हो । दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । हमासको कब्जामा अझै २४ जना जीवित बन्धकहरू छन् । अरू ३५ जना बन्धकको शव पनि भएको अनुमान गरिएको छ ।
हमासले बन्धकहरूलाई रिहा गर्न निरन्तर अस्वीकार गरेको उल्लेख गरेकोले आक्रमण गरेको इजरायलको भनाइ छ । इजरायली आक्रमणपछि गाजा पट्टीमा विद्यालयहरू बन्द गरिएका छन् । हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै नेतान्याहू र उनको कट्टरपन्थी सरकारले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको र बन्धकहरूको भविष्यमाथि अनिश्चितता सिर्जना गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण