ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ४० प्रतिशत मतदान
मङ्गलबार, ०५ चैत २०८१, १८ : ००
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।
ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचनमा ४० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति प्रमुख दिलीप सिंहले साढे ७ घण्टा चलेको भोटिङमा ४३०६ वटा मत खसेको बताए । ठाकुरराम क्याम्पसमा आज भएको निर्वाचनमा १० हजार ७ सय २९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
सम्पन्न निर्वाचनको मतगणना आजै गर्ने वा भोली गर्नेबारे सबै सङ्गठन तथा समूहसँग छलफल गरेर केही बेरमा टुङ्गो लगाइने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण