भोजपुरमा आगलागी, १७ घर, आठ पाली र १० गोठ नष्ट
टक्सार । भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरकाअनुसार पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिका–१२ पारपानीका स्थानीय शम्भु चापागाईंको पाली, सोभित श्रेष्ठको घर, पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर, पाली, गोपीकृष्ण धमलाको पाली, रूद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर, पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईंको पाली नष्ट भएको हो ।
यसैगरी हावाहुरीसँगैको आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका– ४, दलगाउँ केराबारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा चाैपाया जलेर नष्ट भएका छन्। स्थानीय कुमार राई, गजेन्द्र राई, उमेश राई र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लाको पूर्वी अरूण गाउँपालिका–७, सिक्रेटारस्थित जलसिंह सामुदायिक वनमा लागेको आगोले स्थानीय दत्तनारायण श्रेष्ठको घर र गाईगोठ तथा राजकुमार तामाङको घर, भेषराज कोइराला, मित्रबहादुर राई र विक्रम राईको गोठपनि जलेको प्रहरीले जनाएको छ ।
अरूण गाउँपालिका–४ मा पनि वनमा लागेको डढेलो सल्कदा एक घर र दुइ गोठ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–६, माटोखानीमा एक घर एक गोठ तथा केही चौपाया जलेर नष्ट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण