सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा
चितवन। त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले सङ्कटा एफसी काठमाडौँलाई २–० गोल अन्तरले पराजित ग¥यो । आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको सङ्कटा दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५७औँ मिनेटमा हिमाले डि बक्स बाहिरबाट सन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले आर्मीका लागि दोस्रो गोल गरिन् । विमला थापाको पासमा चन्द्राले गोल गरेपछि आर्मी २–० ले विजयी भयो । आर्मीकी हिमा प्लेयर अद दी म्याच भइन् ।
यो खेल सँगै सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार भरतपुर २४ र एपिएफ एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मीले रौतहटको सामना गर्नेछ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित रू तीन लाख तथा उपविजेताले रू एक लाख ५० हजार प्राप्त गर्नेछ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले रू १० हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण