होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल
काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको अध्यक्षमा दामोदर नेपाल,वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ्ग, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।
आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण