‘प्रदेशको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी संरचना हुनुपर्छ’
बुधबार, ०६ चैत २०८१, १२ : १२
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न प्रदेशहरूका आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि गणतन्त्रको जग बलियो बनाउन प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।
उनले संविधानसभाले संविधान बनाए पनि संविधान संशोधनको काम अहिलेको संसद्ले गर्नुपर्ने भन्दै सङ्घीय प्रणालीका लागि संविधान जारी भएपछि थप गर्नुपर्ने काममा कार्यसूची नै बनाएर अघि बढ्नुपर्ने बताए ।
‘सातवटै प्रदेशसँग उसको आफ्नो प्रहरी सङ्गठन र कर्मचारी संरचना हुँदैन भने सङ्घीयता सफल र प्रभावकारी कार्यान्वयन हुँदैन’, निधिले भने- ‘सबै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण