आईपीएलमा फरक कीर्तिमान बनाउँदैछन् तन्मय श्रीवास्तव
काठमाडौँ । इन्डियन प्रिमियर लिगको १८ औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्स रंगशालामा खेलिनेछ ।
आईपीएलको यो संस्करणमा एक व्यक्तिले फरक कीर्तिमान बनाउँदैछन् । ती व्यक्ति हुन्, तन्मय श्रीवास्तव । समाचारमा जनाइएअनुसार आईपीएलको १८ औँ संस्करणमा उनी अम्पायरको भूमिकामा देखापर्ने भएका छन् ।
यसअघि आईपीएलको सुरुवाती संस्करणहरुमा उनी खेलाडीको भूमिकामा सक्रिय थिए । पहिले खेलाडी र पछि अम्पायरको भूमिकामा आईपीएलमा सक्रिय हुने उनी पहिलो व्यक्ति बनेका छन् । उनी भारतका लागि यू–१९ विश्वकप खेल्ने खेलाडी पनि हुन् ।
उनले सन् २००८ मा विराट कोहलीको कप्तानमा आईसीसी यू–१९ विश्वकप खेलेका थिए । तन्मयरले करिब पाँच वर्षअघि क्रिकेट खेल्न छाडेका थिए । त्यसपछि उनले अम्पायरिङको कोर्ष गरेका थिए । दुई वर्ष अम्पायरिङको लेभल–२ कोर्ष गरेपछि उनले घरेलु प्रतियोगिताहरु खेलाउन थालेका थिए ।
अहिले आएर उनलाई आईपीएलको १८ औँ संस्करणमा पनि अम्पायरिङका लागि चयन गरिएको हो । उनी पहिले खेलाडीको भूमिकामा आईपीएल टोली पञ्जाब किङ्समा आबद्ध थिए । उनले सन् २००९ सम्म सोही क्लबबाट आईपीएल खेलेका थिए । त्यतिबेला क्लबको नाम किङ्स–११ पञ्जाब थियो ।
सक्रिय खेलजीवनमा तन्मयले ९० वटा प्रथम श्रेणीको खेल खेलेका थिए । त्यसमा उनले कुल चार हजार नौ सय १८ रन बनाएका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा १० शतक र २७ वटा अर्धशतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण