तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै दमौलीका हिराबहादुर
दमौली । भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आबद्ध छन् । २०५२ सालमा थानकोटबाट सागसब्जी खेती सुरु गरेका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गरेका छन् ।
विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेपनि अहिले आफ्नै गाउँको बाझो रहेको सात रोपनी जग्गामा खेती गरिरहेको जनाए ।
थापाले भने, ’अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो तर, गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गर्दा आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।’ सुरुमा थानकोटमा जग्गा भाडामा लिएर खेती सुरु गरेको भन्दै उनले त्यहाँ गोलभेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाए ।
हाल वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँदै उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको तर, सिँचाइ अभावका कारण ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताए ।
दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएका थापाले बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन गररिहेका छन् । थापाका अनुसार उत्पादित सागसब्जी दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण