बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अब गाडी फुल चार्ज हुन १० मिनेट पनि नलाग्ने

बुधबार, ०६ चैत २०८१, १५ : ३६
बुधबार, ०६ चैत २०८१

काठमाडौं । अब गाडी फुल चार्ज हुने १० मिनेट पनि नलाग्ने भएको छ ।  चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ । 

जसले पाँचदेखि आठ मिनेटमै गाडी फुल चार्ज हुने कम्पनीको दाबी छ । 

चीनको सबैभन्दा ठूलो एवं विश्वकै दोस्रो ठूलो विद्युतीय सवारी निर्माता बीवाईडीले चीनभर यस्ता चार हजार चार्जिङ स्टेसन विस्तार गर्ने बताएको छ ।

बीवाईडीको मुख्यालय सेन्झेनबाट प्रत्यक्षप्रसारण गरिएको कार्यक्रममा कम्पनीका संस्थापक वाङ चुआनफूले पाँच मिनेटको चार्जमा गाडीले ४०० किलोमिटर गुड्ने बताए । 

वाङले विश्वकै ठूलो ईभी निर्माता अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्कलाई चीनमा टक्कर दिएको मानिन्छ ।

यो चार्जिङ सिस्टम ५०० किलोवाट क्षमताको टेस्लाको सुपरचार्जरभन्दा दोब्बर क्षमताको हो ।

विश्वभर ईभीको प्रयोग बढाउन फास्ट चार्जिङ प्रविधिलाई महत्वपूर्ण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप