२४ घण्टापछि ठाकुरराम क्याम्पसको मतगणना सुरु

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ । मतदान भएको लगभग २४ घण्टापछि सो क्याम्पसमा मतगणना सुरु भएको हो ।
पत्रकारलाई नजिकै राखेर गणना गर्ने निर्वाचन समितिले सहमति जनाएपछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सुरु भएको हो । मङ्गलवार राति १० बजेदेखि हुने भनिएको गणना बाहिरको प्रतिनिधि पठाएको भन्दै निर्वाचन समितिले एक्कासि बुधवार बिहान १० सम्मका रोकेको थियो । तर बुधवार बिहान पनि विद्यार्थी सङ्गठनका प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीहरूबिच विभिन्न मुद्दामा सहमति नजुट्दा मतगणना पछि धकेलिँदै गएको थियो ।
अन्तिम चरणमा सहमति भएपछि अहिले पाँच बजेदेखि मतगणनाको कार्य थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार मतगणनाका लागि मुचुल्का उठाउने सबै काम भइसकेको छ । अहिले मतपत्र मिलाउने काम भइरहेको छ ।
चाँडो भन्दा चाँडो गणना गर्नका लागि चार ठाउँबाट मत गन्ने काम सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । सो क्याम्पसमा मङ्गलवार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात् ४ हजार ३ सय ६ मत खसेको थियो ।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट सङ्गठन तथा स्वतन्त्र समूहबाट गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरी कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’