रुसले गर्यो दुई युक्रेनी अस्पतालमा ड्रोन आक्रमण
किभ । मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच फोनमा कुराकानी भएको थियो । उक्त फोन वार्तामा ट्रम्पले आफूले प्रस्ताव गरेको युक्रेनमा ३० दिने पूर्ण युद्धविराममा पुटिनलाई मनाउन सकेन । त्यसको केही घण्टापछि दुवै देशले एक अर्काका पूर्वाधारलाई निशाना बनाउँदै आक्रमण गर्न थाले ।
रुसी सेनाले युक्रेनको उत्तरी सुमी क्षेत्रका दुई अस्पतालमा ड्रोनले आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी अभियोजकहरूका अनुसार पुटिन र ट्रम्पको फोनवार्ता समाप्त भएको केही घण्टापछि सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भयो । त्यतिबेला अस्पतालमा १४७ बिरामी र २२ कर्मचारी उपस्थित थिए ।
त्यसपछि, बुधवार बिहानको समयमा क्रास्नोपिल्ली नामक क्षेत्रको एउटा अस्पतालमा ६ वटा ड्रोन आक्रमण भएको बताइएको छ । आक्रमणको समयमा अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी बसिरहेका थिए । यस आक्रमणमा अस्पताल भवनमा ठुलो क्षति पुगेको भए पनि आक्रमणको समयमा आश्रयस्थलमा भएकाले सबैजना सुरक्षित रहेको अधिकारीहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण