विकास निर्माणको काम प्रभावकारी नहुँदा नागरिकहरूमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जनप्रतिनिधिको काम प्रभावकारी नहुँदा नागरिकमा नैराश्य पैदा भएको बताएका छन् । उनले योजना छनौट, बजेट कार्यक्रम कार्यान्वयन र विकास निर्माणको काम सही ढंगबाट काम हुन नसक्दा नागरिकहरूमा वितृष्णा पैदा भएको बताएका हुन् ।
हेटौँडामा आयोजित एक कार्यक्रममा आयोजना बैंक व्यवस्थापन तथा कार्य आरम्भ उद्घाटन गर्दै मुख्यमन्त्री लामाले योजना छनौट तथा बजेट विनियोजन व्यवस्थित नहुँदा विकास निर्माणको काम अस्तव्यस्त हुन पुगेको बताए । बजेट कार्यक्रमको त्रुटिलाई प्रविधि मार्फत व्यवस्थापन गर्न आयोजना बैंक निर्माण तथा सञ्चालनमा सरकारले प्राथमिकताका साथ काम गरेको उनको भनाई छ।
उनले प्रदेश सरकारको बजेट कार्यक्रममा नागरिकको सहभागिता बढाउन आयोजना बैंक सञ्चालन गरिएको जानकारी दिए । आयोजना बैंकले सरकारको बजेट विनियोजनलाई व्यवस्थित गर्नुको साथै योजनालाई अद्यावधिक गर्ने भएकाले कार्य सहजता हुने मुख्यमन्त्री लामाले बताए ।
सुशासन र पारदर्शिताको सवालमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने भएकाले आयोजना बैंक कार्यान्वयनको सरकारको प्राथमिकताको विषय बनेको उनले बताए । स्थानीय तहको समन्वयमा प्रदेशको ६६ वटा निर्वाचन क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने गरी अघि बढ्न जरुरी रहेको मुख्यमन्त्री लामाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण