आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीको उल्लेख्य सफलता (१० स्थानमा विजयीको सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १० आंगिक क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले १० आंगिक क्याम्पसमा संगठनको नेतृत्व आएको बिहीबार बिहान रातोपाटीलाई बताए ।
उनकाअनुसार स्नातकोत्तर क्याम्पस विराटनगर, नर्सिङ क्याम्पस विराटनगर, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, सानोठिमी क्याम्पस भक्तपुर, जनप्रशासन क्याम्पस बल्खु, काठमाडौँ, गोरखा क्याम्पस गोरखा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, केन्द्रीय प्रविधि क्याम्पस धरान र चितवन इन्जिनियरिङ क्याम्पस चितवनमा क्रान्तिकारी विजयी भएको छ । अखिल क्रान्तिकारी २०७९ सालमा भएको निर्वाचनमा ३ वटा मात्र आंगिक क्याम्पसमा विजयी भएको थियो l
थापाले संगठन आंगिक क्याम्पससहित कुल ८४ क्याम्पसमा विजयी भएको रातोपाटीलाई बताए । सबै कलेजको सूची भने भेरिफाइ गर्ने काम भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण