उस्मान ख्वाजामाथि चोटको बहाना बनाएर प्रतियोगिता छाडेको आरोप
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान उस्मान ख्वाजामाथि गम्भीर आरोप लगेको छ । उनीमाथि चोटको बहाना बनाएर महत्वपूर्ण प्रतियोगिता खेल्न नमानेको आरोप लगाइएको हो ।
आफू घाइते भएको बताएर उनले शेफिल्ड शिल्ड खेल्न मानेका थिएनन् । सोही अवधिमा उनी फर्मुला वन रेस हेर्न पुगेका थिए । स्वास्थ्य समस्याको बहाना बनाएर उनी खेल छाड्दै अन्य गतिविधिमा सक्रिय रहने गरेको आरोप क्विन्सल्यान्ड एलिट क्रिकेटका प्रमुख जो डेब्सले लगाएका हुन् ।
‘उस्मान ख्वाजालाई ह्यामस्ट्रिङको कुनै समस्या थिएन । उनले शेफिल्ड शिल्ड छाड्नु पर्ने पनि कुनै कारण थिएन । तर, उनले चोटको बहाना बनाएर प्रतियोगिता खेल्न मानेनन् । सिनियर खेलाडीले यस्तो गतिविधि गर्नु ठिक होइन,’ जो डेब्सले भनेका छन् ।
टोलीका चिकित्सकहरुले पनि उस्मान ख्वाजा पूर्णरुपमा स्वस्थ्य रहेको प्रतिवेदन आफूहरुलाई बुझाएको जानकारी डेब्सले दिए । ‘क्विन्सल्यान्डबाट खेल्न उनले किन बहाना बनाए, हामीलाई थाहा छैन । तर, उनी घाइते छैनन् भन्नेमा हामी विश्वस्त छौँ,’ ख्वाजामाथि आरोप लगाउँदै उनले भनेका छन् ।
केही समयअघि खेलिएको भारतविरुद्धको बोर्डर–गावस्कर शृंखलामा पनि उनले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । उक्त शृंखलाको १० पालीमा उनले केवल एक अर्धशतक बनाएका थिए । पाँच पालीमा त उनले दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।
तर, श्रीलंका भ्रमणका क्रममा भने ख्वाजाको प्रदर्शन उत्कृष्ट थियो । श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा उनले दोहोरो शतक पनि प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026