राजस्थान रोयल्सको अप्रत्यासित निर्णय, रियान परागलाई बनायो कप्तान
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन दुई दिन बाँकी रहँदा राजस्थान रोयल्सले आफ्नो टोलीमा केही परिवर्तन गरेको छ ।
राजस्थान रोयल्सले अघिल्ला तीन खेलका लागि रियान परागलाई कप्तान बनाउने निर्णय गरेको छ । राजस्थान रोयल्सका नियमित कप्तान भने सन्जु सामसन हुन् । राजस्थान रोयल्सले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रियानलाई तीन खेलका लागि कप्तान बनाइएको जानकारी सार्वजनिक गरेको हो ।
आईपीएलको उद्घाटन खेल शनिबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्स रंगशालामा खेलिँदै छ । राजस्थान रोयल्सले भने आफ्नो पहिलो खेल आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । अघिल्ला तीन खेलमा रियानले टोलीको कप्तानी गरे पनि सन्जु सामसनसमेत मैदानमा ओर्लने छन् ।
सन्जु सामसनले सनराइजर्स हैदराबादविरुद्धको खेलमा ब्याटिङ गर्नेछन् । सनराइजर्स हैदराबादपछि रियान परागले कोलकाता नाइट राइडर्स (मार्च २६ तारिख) र चेन्नई सुपर किङ्स (मार्च ३० तारिख) विरुद्धको खेलमा पनि टोलीको कप्तानी गर्नेछन् ।
राजस्थान रोयल्सले रियान पराग अनुभवी खेलाडी भएकाले उनलाई कप्तानको जिम्मेबारी दिइएको बताएको छ । ‘रियान लामो समयदेखि राजस्थान रोयल्सका लागि खेलिरहेका छन् । उनीसँग टोलीलाई नेतृत्व गर्ने क्षमता पनि छ । उनको कप्तानीमा टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी विश्वस्त पनि छौँ,’ राजस्थान रोयल्सले सामाजिक सञ्जालमार्फत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026