सीके राउतले भने– योजना र सरुवा बढुवाका लागि फोन नगर्नू
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका लागि आफूलाई फोन नगर्न नेता तथा कार्यकर्ता आग्रह गरेका छन् ।
मधेस प्रदेशमा योजनाको पत्रलाई लिएर भइरहेको विवाद तथा झैझगडाबारे उल्लेख अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका विषयमा आफूलाई फोन नगर्न आग्रह गरेका हुन् ।
जनमत पार्टीका अधिकांश कार्यकर्ताले हालेको आफ्नै वडाका योजनाको पत्र नपाउँदा आक्रोशित रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हजारौँ योजना छन्, कुन पत्र कहाँ छन्, कसले पाए, कसले पाउनु पर्ने कुन योजना कसले राख्यो यो पार्टीले वा पार्टीको अध्यक्षले हिसाब राख्ने कुरा होइन ।’
अध्यक्ष राउतले ‘जनमत पार्टीका असल कार्यकर्ताहरू बदनाम हुने योजनाहरूमा फस्न नहुने’ समेत बताएका छन् ।
पार्टीको निर्देशन, एजेन्डा र भिजन अनुसार केही काम नहुने अवस्था आएमा सरकारबाट हट्न विश्वासको मत फिर्ता लिने निर्णय गर्न सकिने अवस्था रहेको भन्दै अध्यक्ष राउतले मधेस सरकार वा त्यसमा रहेका जनमत पार्टीका मन्त्रीहरूको गतिविधिका बारेमा पार्टीका अध्यक्ष वा अन्य संयन्त्रहरूलाई पटक पटक फोन गर्न नहुने समेत बताएका छन् ।
मधेस सरकारको सम्बन्धित कामकाजको लागि सम्बन्धित ठाउँमा सम्पर्क गर्न आग्रह गर्दै उनले पार्टी अध्यक्ष वा सङ्गठन वा प्रशिक्षण विभागलाई पार्टी विस्तार र सङ्गठनको लागि नै काम गर्न दिन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण