सीके राउतले भने– योजना र सरुवा बढुवाका लागि फोन नगर्नू

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका लागि आफूलाई फोन नगर्न नेता तथा कार्यकर्ता आग्रह गरेका छन् ।
मधेस प्रदेशमा योजनाको पत्रलाई लिएर भइरहेको विवाद तथा झैझगडाबारे उल्लेख अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत विकास निर्माणका योजनाका साथै सरुवा बढुवाका विषयमा आफूलाई फोन नगर्न आग्रह गरेका हुन् ।
जनमत पार्टीका अधिकांश कार्यकर्ताले हालेको आफ्नै वडाका योजनाको पत्र नपाउँदा आक्रोशित रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हजारौँ योजना छन्, कुन पत्र कहाँ छन्, कसले पाए, कसले पाउनु पर्ने कुन योजना कसले राख्यो यो पार्टीले वा पार्टीको अध्यक्षले हिसाब राख्ने कुरा होइन ।’
अध्यक्ष राउतले ‘जनमत पार्टीका असल कार्यकर्ताहरू बदनाम हुने योजनाहरूमा फस्न नहुने’ समेत बताएका छन् ।
पार्टीको निर्देशन, एजेन्डा र भिजन अनुसार केही काम नहुने अवस्था आएमा सरकारबाट हट्न विश्वासको मत फिर्ता लिने निर्णय गर्न सकिने अवस्था रहेको भन्दै अध्यक्ष राउतले मधेस सरकार वा त्यसमा रहेका जनमत पार्टीका मन्त्रीहरूको गतिविधिका बारेमा पार्टीका अध्यक्ष वा अन्य संयन्त्रहरूलाई पटक पटक फोन गर्न नहुने समेत बताएका छन् ।
मधेस सरकारको सम्बन्धित कामकाजको लागि सम्बन्धित ठाउँमा सम्पर्क गर्न आग्रह गर्दै उनले पार्टी अध्यक्ष वा सङ्गठन वा प्रशिक्षण विभागलाई पार्टी विस्तार र सङ्गठनको लागि नै काम गर्न दिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन