८ महिनामा ४२ अर्बको खाद्यान्न आयात, चामलमा मात्रै १२ अर्ब खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा ४२ अर्ब बराबरको खाद्यान्न आयात भएको छ ।
भन्सार विभागका अनुसार ४२ अर्बको खाद्यान्नमध्ये १२ अर्बको चामल मात्रै आयात भएको छ । नेपालमा १२ अर्ब ३२ करोड ८१ लाख ११ हजार रुपैयाँको १ लाख ५४ हजार मेट्रिकटन चामल आयात भएको हो ।
यसैगरी ८ लाख ५४ हजार ८४३ मेट्रिकटन खाद्यान्न आयात हुँदा ४२ अर्ब ९३ करोड ५४ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।
फागुनसम्मको अवधिमा नेपालबाट २ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात समेत भएको छ । चालु आर्थिक वर्षमा नेपालले खाद्यान्नमा ४२ अर्ब ९० करोड ६२ लाख ४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । खाद्यान्नको कारोबारबाट राज्यले भन्सार राजस्व ३ अर्ब ८३ करोड ९२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन लगायत विभिन्न मुलुकबाट खाद्यान्न आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण