बागमती विश्वविद्यालयको डिनमा डा. विश्वकर्मा नियुक्त
हेटौँडा । बागमती प्रदेश विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायको डिनमा डा. गंगाराम विश्वकर्मा नियुक्त भएका छन् । बुधवार डिन सिफारिस समितिको सिफारिसमा विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीका अध्यक्ष चन्द्रमणि पौडेलले डा. विश्वकर्मालाई कानुन र व्यवस्थापन संकायको डिनमा नियुक्त गरेका हुन् ।
उनलाई तत्काल लागू हुने गरी व्यवस्थापन तथा कानुन संकायको डिनमा नियुक्त गरेको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र कानुन संकायको शैक्षिक कार्यक्रम, अनुसन्धान पहल र प्रशासनिक कार्यहरूको निरीक्षण गर्ने गरी उनको जिम्मेवारी तोकिएको डा. सुवेदीले बताए । उनको उद्देश्य शिक्षाको गुणस्तर बढाउने, नवप्रवर्तन, अनुसन्धानलाई बढवा दिने र संकाय भित्र सामुदायिक संलग्नतालाई सुदृढ गर्ने उनको भूमिका रहेको छ ।
विश्वविद्यालय गत फागुन ११ मा डिन नियुक्तिका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधन सहित, प्रदेश विश्वविद्यालयको विधान, २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिस सम्बन्धी मापदण्ड, २०८१ अनुसार आवेदन माग गरिएको थियो । सो सूचनाको आधारमा पेस भएका निवेदनबाट ५ जनाको नाम सर्टलिस्ट गरेर छनौट गरिएको डा. सुवेदीले बताए ।
विश्वविद्यालयले धरमपुर–५, झापाका डा. विश्वकर्मा सहित भक्तपुर– ९, भक्तपुरका डा. डिबंगर खोटेजा, दोरम्बा–३, रामेछापका डा. दीपक महत, भरतपुर–४, चितवनका डा. सुदीप वाग्ले र रुपाकोट–३, तनहूँका डा. शिवराज अधिकारीको नाम संक्षिप्त सूचितमा समावेश गरेर प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि चैत ५ गते बोलाएको थियो । अन्तरवार्ता र प्रस्तुतीकरणको आधारमा डा. विश्वकर्मालाई डिनमा नियुक्त गरिएको डा. सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण