विशेषकाे फैसला चित्त नबुझेकाे भन्दै अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन
बिहीबार, ०७ चैत २०८१, १७ : ४३

काठमाण्डौँ । अख्तियार दुरुपयेग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जिल्ला वन कार्यालय रसुवाका तत्कालिन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र र चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल तथा लेखा अधिकृत कीर्तिराज सुवेदीको भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेके भन्दै सर्वोच्चमा पुनरावेदन गरेको हो ।पुनरावेदनमा भ्रष्टाचार निवारण ऐनअनुसार सजायँ गरिपाउन माग गरिएको छ ।