‘संसार सारा’मा सुष्मा र दिनेशको अभिनय
बिहीबार, ०७ चैत २०८१, १८ : ५७

काठमाडौंँ । गायक दिनेश भुजेलको स्वर रहेको नयाँ गीत ‘संसार सारा’ सार्वजनिक हो । प्रमोद भण्डारीको शब्द रहेको गीतमा दिनेश भुजेल र रोजिना बस्नेतले स्वर दिएका छन् ।
गीतमा नविन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको छ । गीतलाई रञ्जन राईले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीतको भिडियोमा सुष्मा श्रेष्ठ र दिनेश भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोका निर्देशक विक्रम चौहानले गरेका हुन् । प्रकाश खड्काको छायांकन र लक्ष्मण हुमागाईको सम्पादन रहेको छ ।