ब्युटिसियन नेपाल–२०२५ को ताज सुष्मा दाहाललाई
काठमाडौं । यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन् ।
ताजसँगै उनले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन जापान जाने अवसरसमेत प्राप्त गरेकी छन्। उनले टाइटल स्पोन्सर ‘ब्ल्याक डाइमण्ड’का तर्फबाट एक लाखको छात्रवृत्ति प्याकेजसमेत प्राप्त गरिन् ।
बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा फष्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेण्ड रनरअप बन्न सफल भइन् । उनीहरुले क्रमशः पचास हजार र पच्चिस हजारको छात्रवृत्ति प्याकेज प्राप्त गरे । हिमालयन मुभिजद्वारा आयोजित यो कार्यक्रम एघारौं संस्करण हो ।
दुलहीको भेषमा सजिएका सौन्दर्यकर्मीहरुको आकर्षक नृत्यसँगै सुरुवात भएको कार्यक्रममा क्रमैसँग ब्राइडल तथा परिचयात्मक चरण, फेसन सो तथा पोशाक प्रदर्शनी, प्रश्नोत्तर र लिखित गरी विविध चरणमा सम्पन्न भएको थियो । अर्वाड विजेता तथा महिलाहरुमा सक्रिय फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पूर्ण प्रतियोगीहरुले करिव तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, बौद्धिक क्षमता विकासलगायतका विषयमा तालिम लिएका थिए ।
सौन्दर्यकर्मीहरुको पेशागत सौन्दर्य प्रतियोगिता भएकाले कार्यक्रममा विविध पेशागत प्रतियोगिताहरु समेत गराइएको थियो । जसमा वेस्ट ब्राइडल सन्जु फागो, वेस्ट मेकअप कल्पना विक, वेस्ट नेलआर्ट सुशीला राई र वेस्ट जुरो गंगा श्रेष्ठले जित्न सफल भए ।
कार्यक्रममा विविध सर्ट टाइटल अवार्डसमेत वितरण गरिएको थियो । जसमा मोस्ट इन्टिलिजेन्ट सुष्मा दाहाल, वेस्ट फोटोजेनिक सन्जु फागो, मोस्ट कन्फिडेन्ट प्रीति खड्का, मोस्ट याक्टिभ पवित्रा न्यौपाने, मोस्ट डेलिकेट कोपिला राई, मोस्ट चार्मिङ बबिता राई, मोस्ट डिलिजेन्ट अनिता राई, वेस्ट पर्सनालिटी रमिला कुस्वार, मोस्ट स्मार्ट कला राई, मोस्ट प्यासेनेट सन्ध्या श्रेष्ठ, अट्र्याक्टिभ सुप्रिया सुवेदी, पब्लिक च्वाइस भिडियो प्रीति खड्का, मोस्ट पपुलर रमिला कुँवर र पपुलर च्वाइस कोपिला राईले जितिन् ।
कार्यक्रममा कलाकारहरुले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए भने निर्णायक मण्डलमा नायक एसराज गराज, कस्मेटोलोजिस्ट डा रेखा थापा, मिसेस नोवेल नेपाल २०१४ सन्ध्या लामिछाने, एस्थेटिसियन डा युनिसा शाही तथा सौन्दर्यकर्मी अप्सरा न्यौपाने रहेका थिए ।
नेपाली ब्यूटिसियनहरुलाई पेशागत विकाससँगै प्रतिभा प्रस्फुटन गराउने एक उचित थलोको रुपमा विगत एक दशकदेखि कार्यक्रमको आयोजना गरिँदै आएको आयोजक जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
-
प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष
-
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण