यस्तो छ ‘कर्मा’को गीत ‘सारी लगाइदेउ’
काठमाडौं । यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कर्मा’को गीत सार्वजनिक गरिएको छ । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर, सुष्मा सिग्देलको शब्द तथा भास्कर स्वारको संगीत रहेको छ भने स्वार र सुवास पौडेलको संयुक्त एरेन्ज गीतमा छ ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।
माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी लगायतको अभिनय छ ।
गीतमा अभिनेता विपिन महिलाको पहिरन र मेकअपमा देखिँदा भिडयो ठट्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ । नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म प्रदर्शन हुन लागेको हो ।
एक्सन र सस्पेन्समा ‘कर्मा’को कथा घुमेको छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन र बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
फिल्ममा स्वाँरको संगीत निर्देशन, गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टले निर्माण गरेको यो पहिलो फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण