पाकिस्तानमा सैन्य कारबाही, १० आतंककारी मारिए
शुक्रबार, ०८ चैत २०८१, १८ : ५४
इस्लामाबाद । उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको विज्ञप्तिमार्फत जनाएको हो ।
तीब्र गोलीबारीका क्रममा अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तरको पनि मृत्यु भएको बताइएको छ ।
आईएसपीआरले उत्तरी वजिरिस्तानका चार छुट्टाछुट्टै भिडन्तमा छ जना मारिएको बताएको छ । यस क्षेत्रमा अन्य आतंककारीको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरिएको र पाकिस्तानबाट आतंकवादको खतरा मेटाउन पाकिस्तानी सेना कटिबद्ध रहेको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण