‘भाईरल गोर्खे’को टिजरः भाईरल हुँदाको प्रभाव र असर
काठमाडौंँ । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक गरिएको छ । पुरै चलचित्रको कथावस्तु बुझाउन खोजिएको टिजर २ मिनेट ८ सकेण्ड लामो रहेको छ ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो छ । टिजर हेर्दा भाईरल हुने दौडमा लाग्दाको प्रभाव र त्यसले पार्ने असरबारेको विषयमा चलचित्र बनेको अनुमान गर्न सकिन्छ ।
टिजरमा गोपाल पाँडे पात्रले भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार दृश्य टिजरमा समेटिएको छ ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय रहेको छ ।
विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको चलचित्रमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । अमर महर्जनको छायांकन रहेको चलचित्र लम्जुङको भुजुङ, गोरखा र चितवनमा छायांकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण