पाँच दिनदेखि बेपत्ता युवा मर्स्याङ्दी नदीमा मृत फेला
शनिबार, ०९ चैत २०८१, १० : ३९

दमौली । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन ।
मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए ।
सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण