बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मौसम गुरुङ र जुना गुरुङको अभिनयमा ‘सुन कथा’

मङ्गलबार, २२ जेठ २०७५, १२ : ४३
मङ्गलबार, २२ जेठ २०७५

काठमाडौं – इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर रहेको लोकदोहोरी गीत ‘सुन कथा’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित यो गीत सार्वजनिक गरिएको हो । 
भिडियोमा मौसम गुरुङ र जुना गुरुङको अभियन रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका हुन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ । 
चन्द्र खत्रीको शब्द र संगीत रहेको गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ । प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको गीत उत्कृष्ट बनेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप