पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सक्छ: ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्नसक्ने बताएका छन् । काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
उनले पानी दैनिक जीवनको मात्र नभई आर्थिक समृद्धिको वाहक भएको बताए । पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनले बताए ।
ऊर्जामन्त्री खड्काले जलश्रोतहरू नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गरे । जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको भन्दै उनले हिमनदीहरू खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको उल्लेख गरे ।
मन्त्री खड्काले बेमौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताए । जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण