मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
काठमाडौं । गीतकार शशि शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समिक्षा अधिकारी र रूद्र शेखर शर्माको स्वर रहेको छ ।
गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन बिशाल निरौलाले गरेका छन् । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रूचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमका लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा छायांकन गरिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।
गजलकार मजगैयाँका यसअघि केही गीत गजलका एल्बम तथा किताबहरु प्रकशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरु चर्चामा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण