प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
बुटवल । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभी तर्फबाट आशिष् गुप्ता रहेका छन् ।
यता सदस्यहरूमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । सङ्घको सल्लाहकारमा ३ जना मनोनीत भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाईँ, शुक्र ऋषि चौलागाई र देवी वाग्ले मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण