कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम: पूर्वराष्ट्रपति भण्डारी
शनिबार, ०९ चैत २०८१, १७ : ०२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएकी छन् । शनिवार काठमाडौँमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कवितामा व्यक्त आशय र विचारहरू यथार्थमा आधारित हुने बताएकी हुन् ।
भण्डारीले भनिन्, ‘कवितामा व्यक्त जो आशय र विचारहरू छन्, यथार्थमा आधारित कुराहरू छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरू हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’
उनले कविता वाचन जस्ता कार्यक्रमहरू आगामी दिनमा देशव्यापी रूपमा हुँदै जानुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण