कांग्रेसले विधानको सर्वोच्चता भूल्यो भने निरंकुशताको विरोध गर्ने हक गुमाउँछः केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानको सर्वोच्चता भुलेमा निरंकुशताको विरोध गर्ने हक पनि गुमाउने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसिरहेको कार्यसम्पादन समिति बैठकमा ७ बुँदे धारणा राख्दै नेता केसीले कांग्रेस अहिले दुई धारको बीचमा रहेको बताए ।
‘अहिले कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर ‘सत्ताभितर’ र ‘सत्ताइतर’ का वामपन्थी धारको बीचमा छ । काँग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु नहुने भन्दै नेता केसीले लिखित धारणा राखेका थिए । उनले पार्टी विधानको सर्बोच्चता, विधि र पद्धतिलाई अपनाउन नसके निरंकुशताको विरोध गर्ने हक गुमाउने दावी गरेका छन् ।
उनले जनतामा व्याप्त निरासा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको बताए । केसीले भने, ‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश हो । यो वर्तमान ब्यवस्था बिरुद्ध भन्दा पनि अवस्था बिरुद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण