अभिनेत्री दिब्या बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशनको ब्राण्ड एम्बेसडर
काठमाडौं । अभिनेत्री दिब्या रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरको रूपमा नियुक्त भएकी छिन् ।
आइतबार आयोजित एक कार्यक्रमबीच अभिनेत्री रायमाझीलाई संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीले नियुक्ति पत्र प्रदान गरे ।
उच्चशिक्षा हाँसिल गर्न चाहने बिध्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै कन्सल्टेन्सी बिगत ७ बर्षदेखी शैक्षिक बिधामा काम गर्दै आएको छ । यसले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्डलगायत यूरोपका अन्य देशहरूमा उच्च शिक्षा हाँसिल गर्न चाहने बिद्यार्थीहरूलाई शैक्षिक परामर्श र भिषा सम्बन्धी काम गर्दै आइरहेको छ ।
ब्राण्ड ऐम्बेसडरको रूपमा नियुक्त भएपछि अभिनेत्री रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरिन् । शैक्षिक बिधामा आफूले जानेको ज्ञान र अनुभब बिध्यार्थीहरूसँग र विद्यार्थीहरूसँग सहकार्य गर्ने रायमाझीले बताईन् ।
युवा पुस्ताकी अभिनेत्री भएपछि संस्थाको गरिमा बढेको भन्दै प्रमुख प्रसाई र प्रबन्ध निर्देशक उप्रेतीले प्रसन्नता ब्यक्त गरे । दिब्या अभिनेता दिलिप रायमाझीकी छोरी हुन् । केही अगाडि प्रर्दशनमा आएको चलचित्र ‘एक्टर टेक वान’बाट अभिनया डेब्यु गरेकी दिब्या अभिनित अर्को फिल्म ‘पिताम्बर’ २९ चैतबाट प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण