कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्ष र विपक्षमा नउभिने, संविधानको पक्षमा दृृढ रहने
काठमाडौं । नेपाली कांग्रेसले सार्वभौम नेपाली जनताद्धारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको पक्षमा प्रतिबद्धता जाहेर गर्दै दृढताका साथ उभिने निर्णय गरेको छ ।
साथै यही संविधानमार्फत जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरूलाई सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको नेता डा प्रकाशशरण महतले बैठकपछि जानकारी दिए । डा महतका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका विषयमा विभिन्न कोणबाट छलफल गर्दै निर्णय गरेको हो ।
‘विभिन्न कोणबाट भएको छलफलमा संविधानसभाबाट बनेको संविधानबाट नै जनताका आवश्यकतालाई सम्बोधन गर्न सकिने विश्वास कांग्रेसले लिएको छ’, महतको भनाइ छ । उनले संविधानको खिलाफमा गतिविधिहरु हुन थालेपछि कांग्रेसले संविधानप्रति दृढता व्यक्त गरेको हो ।
यसबाहेक कांग्रेस बैठकले पार्टीका आन्तरिक विषयमा समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण