प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

तनहुँ । भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।
हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरूलाई रोजगारी दिने समेत योजना बनाएका छौँ । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा रु एक लाखका दरले पाँच वर्षसम्म रु पाँच लाख प्रदान गर्ने निर्णय भएको छ ।”
नगरपालिकाको पाठ्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायतका अन्य विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरेर कक्षा १ देखि ८ सम्म नगरपालिकाका सबै विद्यालयहरूमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यक्रम निर्माण गर्नेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए ।
सरकारले बालविकास केन्द्र देखि कक्षा ५ सम्ममा प्रतिव्यक्ति रु १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकोमा नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्याई कक्षा ६ सम्म विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य