पाइलटविनाको विमानमा राखिएपछि डेविड वार्नरले एयर इन्डियालाई सोधे यस्तो प्रश्न
सोमबार, ११ चैत २०८१, १० : १६
काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले आफूलाई एयर इन्डियाको पाइलटविनाको विमानमा राखिएको खुलासा गरेका छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’मा यसबारे जानकारी दिँदै एयर इन्डियालाई प्रश्नसमेत गरेका छन् ।
उनले एयर इन्डियालाई ट्याग गर्दै ‘एक्स’मा लेखेका छन्, ‘हामी पाइलटविनाको विमानमा बसेका छौँ र घण्टौँदेखि प्रतीक्षा गरिरहेका छौँ । तपाईंहरू पाइलट छैन भन्ने थाहा हुँदाहुँदै यात्रीलाई विमानमा किन राख्नुहुन्छ ?’
एयर इन्डियाले वार्नरको चासो सम्बोधन गर्दै भनेको छ, ‘तपाईंको उडान सञ्चालन गर्ने चालक दल यी व्यवधानबाट प्रभावित पहिलाकै असाइनमेन्टमा रोकिएको छ, जसका कारण प्रस्थानमा ढिला भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण