राष्ट्रपतिको मुख्य प्रतिद्वन्द्वी थुनिएपछि टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिए
इस्तानबुल । टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । आगामी निर्वाचनमा राष्ट्रपति रेसेप तै्ययप एर्दोआनका मुख्य प्रतिद्वन्द्वीलाई औपचारिक रूपमा समातेर भ्रष्टाचारको मुद्दा चलाएपछि देशभरमा मानिसहरू सडकमा उत्रिएका हुन् ।
२०२८ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा इस्तानबुलका मेयर इक्राम इमामोग्लुलाई रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)ले आफ्नो उम्मेदवार चयन गरेको थियो ।
तर उनैलाई पक्राउ गरिएपछि आइतबार रातिदेखि देशभरमा अशान्ति सुरु भएको समाचारमा उल्लेख छ । एक दशकयता टर्कीमा यति चर्को विरोध प्रदर्शन देखिएको थिएन । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास र रबरको गोली हानेका थिए । यता राजनैतिक प्रतिशोधका कारण आफू विरुद्ध झुटो आरोप लगाइएको इमामोग्लुले बताएका छन् ।
‘म कहिले पनि झुक्ने छैन,’ हिरासतमा लैजानु अघि माइक्रो ब्लगिङ वेबसाइट एक्समा इमामोग्लुलले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण