राष्ट्रपतिको मुख्य प्रतिद्वन्द्वी थुनिएपछि टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिए

इस्तानबुल । टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । आगामी निर्वाचनमा राष्ट्रपति रेसेप तै्ययप एर्दोआनका मुख्य प्रतिद्वन्द्वीलाई औपचारिक रूपमा समातेर भ्रष्टाचारको मुद्दा चलाएपछि देशभरमा मानिसहरू सडकमा उत्रिएका हुन् ।
२०२८ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा इस्तानबुलका मेयर इक्राम इमामोग्लुलाई रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)ले आफ्नो उम्मेदवार चयन गरेको थियो ।
तर उनैलाई पक्राउ गरिएपछि आइतबार रातिदेखि देशभरमा अशान्ति सुरु भएको समाचारमा उल्लेख छ । एक दशकयता टर्कीमा यति चर्को विरोध प्रदर्शन देखिएको थिएन । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास र रबरको गोली हानेका थिए । यता राजनैतिक प्रतिशोधका कारण आफू विरुद्ध झुटो आरोप लगाइएको इमामोग्लुले बताएका छन् ।
‘म कहिले पनि झुक्ने छैन,’ हिरासतमा लैजानु अघि माइक्रो ब्लगिङ वेबसाइट एक्समा इमामोग्लुलले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री
-
धोनीको नामसँग जोडियो रमाइलो शतक, भन्छन् ‘तत्काल सन्न्यास लिने योजना छैन’
-
‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुँदै
-
नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो