कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ फुट्यो, थापाको नेतृत्वमा समानान्तर समिति घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ विभाजित भएको छ । पहिलो महाधिवेशनबाट माधव चम्लागाई अध्यक्ष निर्वाचित भएको घोषणा लगत्तै असन्तुष्ट समूहले समानान्तर समिति घोषणा गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा शेखर कोइराला समूहका विकास थापाको नेतृत्वमा ३५ सदस्यीय समानन्तर समिति घोषणा गरिएको हो ।
समानान्तर समितिको उपाध्यक्षमा टेकप्रसाद आचार्य र उमादेवी घिमिरे छन् । महामन्त्रीमा अश्विन लम्साल र प्रकाश सिलवाल तथा कोषध्यक्षमा पर्वतराज विष्ट चयन भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत चैत ८ गतेदेखि सुरु भएको लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचन धाँधलीपूर्ण र एकलौटी ढंगले गरिएको भन्दै असन्तुष्टले समानन्तर समिति बनाएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन एकलौटी ढंगले फर्जी मतदाता ल्याएर गरिएको दाबी गरे ।
आफूहरुले उक्त निर्वाचन प्रक्रियामाथि आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई जानकारी गराउँदा पनि नसुनिएको उनको भनाइ छ । मत परिणाम घोषणा नगरी यथास्थितिमा राख्न आग्रह गरे पनि निर्वाचन निर्देशन समितिका संयोजक मधु आचार्यलले एकलौटी रुपमा अवैधानिक काम गरेको थापाले बताए ।
समानन्तर समतिति घोषाणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, नेता गुरुराज घिमिरे पनि सहभागी थिए ।
अधिवेशनमा थापा र कल्पना खड्का पनि प्रत्यासी थिए । उनीहरूलाई मतदान गर्न समेत नदिइ महामन्त्री गगन थापा समूहले माधव चम्लागाईलाई एकलौटी निर्वाचनबाट अध्यक्ष निर्वाचित गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण