सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा

सुर्खेत । लागुऔषध कारोबार गरेको आरोपमा सुर्खेत प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७, मिलन चोकमा स्मरण मेडिकल सञ्चालन गर्दै आएका कालिकोट तिलागुफा नगरपालिका–६ का ३२ वर्षीय नन्दबहादुर शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार लागुऔषध (ट्रामाडोल) कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सोमबार बेलुका ७ बजेतिर उनको मेडिकलमा छापा मारेको थियो ।
उनको साथबाट ४ हजार ८ सय ट्याब्लेट लागुऔषध बरामद गरिएको विश्वकर्माले बताए ।
‘लागुऔषध मेडिकल रहेको घरको अर्को एक कोठाभित्र राखिएको रहेछ’ उनले भने–त्यहाँभित्र पनि ड्रममा चामल राखेर चामलभित्र लुकाई राखिएको अवस्थामा फेला परेको हो । मेडिकल सञ्चालक शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)